राप्रपाको धार्मिक तथा जनजागरण अभियान सुरु, यसरी बाँडियो निम्ता (तस्बिरहरू)
शनिबार, १० जेठ २०८२, १९ : ४४

काठमाडौँ । राजावादी समूहले जेठ १५ देखिको आन्दोलनलाई लक्षित गरेर शनिबारदेखि धार्मिक तथा जनजागरण अभियान सञ्चालन गरेको छ ।
जमल क्षेत्रमा राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीसहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतको उपस्थितिमा सो अभियानको शुभारम्भ गरिएको हो ।
काठमाडौं उपत्यकालाई लक्षित गरी शुरू गरिएको धार्मिक तथा जनजागरण अभियान आइतबारसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिकाहरूमा सञ्चालन हुनेछ ।
त्यस अवसरमा स्थानीय जनतासँग सम्पर्क र सम्वादका साथै आन्दोलनमा सहभागिताका लागि निम्तापत्र हस्तान्तरण गरिने बताइएको छ ।
सोहीअनुसार आज जमल क्षेत्रमा पनि निम्तापत्र वितरण गरिएको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द