राप्रपाको धार्मिक तथा जनजागरण अभियान सुरु, यसरी बाँडियो निम्ता (तस्बिरहरू)
शनिबार, १० जेठ २०८२, १९ : ४४
काठमाडौँ । राजावादी समूहले जेठ १५ देखिको आन्दोलनलाई लक्षित गरेर शनिबारदेखि धार्मिक तथा जनजागरण अभियान सञ्चालन गरेको छ ।
जमल क्षेत्रमा राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीसहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतको उपस्थितिमा सो अभियानको शुभारम्भ गरिएको हो ।
काठमाडौं उपत्यकालाई लक्षित गरी शुरू गरिएको धार्मिक तथा जनजागरण अभियान आइतबारसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिकाहरूमा सञ्चालन हुनेछ ।
त्यस अवसरमा स्थानीय जनतासँग सम्पर्क र सम्वादका साथै आन्दोलनमा सहभागिताका लागि निम्तापत्र हस्तान्तरण गरिने बताइएको छ ।
सोहीअनुसार आज जमल क्षेत्रमा पनि निम्तापत्र वितरण गरिएको आयोजकको भनाइ छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण