नेपालस्थित पाकिस्तानी दूतावासमा ‘यौम ए–तशकुर’ मनाइयो
शनिबार, १० जेठ २०८२, २३ : २२
सारांश
- पाकिस्तानी दूतावासले काठमाडौँमा 'यौम ए-तशकुर' (कृतज्ञता दिवस) मनायो।
- राजदूत अबरार एच हाश्मीले झण्डा फहराएर कार्यक्रमको सुरुवात गरे, जसमा दूतावासका अधिकारी र पाकिस्तानी समुदायको सहभागिता थियो।
- कार्यक्रममा शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना गर्दै मारिएका सैनिक र नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरियो।
काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले आज यहाँ ‘यौम ए—तशकुर’ (कृतज्ञता दिवस) का अवसरमा विशेष समारोह आयोजना गरेको छ ।
त्यस अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावास प्राङ्गणमा राष्ट्रिय झन्डा फहराउँदै कार्यक्रम शुभारम्भ गरेका छन् । कार्यक्रममा दूतावासका अधिकारी, नेपालमा बसोबास गर्ने पाकिस्तानी समुदायका सदस्यहरू, तिनका परिवारका सदस्यलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रत्याक्रमणका क्रममा पाकिस्तानको सुरक्षा फौजले प्रदर्शन गरेको भूमिकाको स्मरण गर्दै शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना गरिएको थियो ।
त्यस अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत हाश्मीले प्रत्याक्रमणका क्रममा मारिएका सैनिक अधिकारी र नागरिकप्रति सम्मान अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण