म्याग्नेसाइटको खानीबाट फिल्म नगरीसम्म : ३३ सय मिटर उचाइमा फिल्म सिटी ! (तस्बिरहरू)
काठमाडौँ । नेपालमा फिल्म सिटी निर्माणको बारेमा गफ हुन थालेको निकै भइसक्यो । समय समयमा बनेपा, दोलखा र अन्य स्थानमा फिल्म सिटी बनाउने कुरा चल्ने गरे पनि अब भने दोलखाको भीमेश्वर नगरपालिका ८ र ९ वडाका लाँकुरी डाँडा र डाङ्ङुडे डाँडा ओगट्ने गरी १५ सय वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने गरी फिल्म सिटी बनाउने तयारी सरकारले गरेको छ ।
नेपाललाई खुल्ला प्राकृतिक फिल्म नगरी भन्ने गरिएको भएपनि यी सुन्दर दृश्य देखिने अधिकांश स्थानमा आधारभूत पूर्वाधार– बत्ती, पानी, आवास र खानपानको व्यवस्था गर्न निकै सकस हुने गरेको छ ।
सरकारले बनाउने भनेर बेला बेलामा भनेको खरीढुङ्गा फिल्म सिटी बनाउने ठाउँ समुद्र सतहदेखि ३३ सय मिटर उचाइमा छ । यदि यहाँ फिल्म सिटी बन्यो भने यो संसारकै उचाइमा अवस्थित हुनेछ ।
राजधानीदेखि ११० किलोमिटर मात्रै गुडेपछि जुगल र गौरीशङ्कर हिमाल देखिने उक्त क्षेत्रमा फिल्म सिटी बनाउनको लागि निकै उपयुक्त ठाउँ रहेको बताउने गरिएको छ ।
करिब ४ दशकदेखि बन्द रहेको खरीढुङ्गा उद्योगको क्षेत्रलाई उपयोग गरेर सरकार फिल्म सिटी बनाउने योजनामा छ । नेपाल सरकार र स्थानीय साझेदारहरूको संयुक्त लगानीमा स्थापना गरिएको उक्त उद्योग ३ अर्ब ५२ करोड लगानीमा २०३६ सालदेखि सञ्चालनमा आएको थियो ।
तत्कालीन सरकारले उद्योगमा ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्डस्ट्रिज लिमिटेडको साढे १२ र नेपाली लगानीकर्ता मोहन गोपाल खेतानको साढे १२ प्रतिशत लगानीमा यो ढुङ्गा उद्योग स्थापना गरिएको थियो । तर ३१ वर्ष अघि उक्त उद्योग बन्द भएको थियो तर यसका संरचना भने अझै पनि यहीँ छन् ।
स्थानीयहरूका अनुसार २०५० सालसम्म खानीबाट म्याग्नेसाइट निकालिएको थियो। यो अवधिमा लाखौं टन म्याग्नेसाइट र सोही परिमाणमा खरी उत्खनन् गरी नमुना परीक्षणकै नाममा विदेश निर्यात गरिएको थियो । अझै पनि खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
-
एमालेको भविष्यको दिशा
-
समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण