कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार जित निकालेको छ । बैंग्लुरुले लखनउ सुपर जायन्ट्सविरुद्ध ६ विकेटको शानदार जित निकालेको हो । उसले निर्धारित २० ओभरमा ८ बल बाँकी छँदै जित निकाल्यो ।
यो जितसँगै बैंग्लुरु शीर्ष स्थानको पञ्जाव किङ्ससँग अंक बराबरी गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको पञ्जावको समान खेलबाट समान १९ अंक हुँदा बैंग्लुरु रनरेटका आधारमा एक स्थान तल परेको हो । यो सँगै बैंग्लुरुले मुम्बईसँग एलिमिनेटर चरणमा भिडन्त गर्नु नपर्ने भएको छ ।
अटल विहारी वाजपेयी स्टेडियममा बैंग्लुरुलाई जिताउन कम्तान जितेश शर्माले अविजित ८५ रन बनाए । उनले ३३ बलमा ५१ मेडन राख्दै सर्वाधिक स्कोर बनाएका हुन् । दोस्रो विकेटका लागि विराट कोहलीले ५४ रन बनाए । यस्तै, मायांक अग्रवालले अविजित ४१ रनको योगदान गर्दा ओपनर फिल साल्टले ३० रन जोडे । वलिङतर्फ लखनउका विल ओ’रोर्कले दुई विकेट लिए ।
यसअघि, लखनउका पनि कप्तान नै चम्किए । कप्तान ऋषभ पन्तले शानदार शतक बनाउँदा लखनउले बैंग्लुरुसामु जितका लागि २ सय २८ रनको चुनौति पेश गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । पन्तले ६१ बलको सामना गर्दै नटआउट रहेर १ सय १८ रन बनाए । जहाँ ओपनर मिचेल मार्सको राम्रो साथ रहयो । दुवैले मात्र ७८ बलमा १५२ रनको साझेदारी गरे ।
ओपनर म्याथ्यु ब्रिट्जकीले १२ बलमा १४ रन बनाउँदै १ चौका र १ छक्का हिर्काए । निकोलस पुरनले १० बलमा १३ रन बनाए । उनले १ चौका हिर्काए । बेंगलुरुका लागि नुवान थुसारा, भुवनेश्वर कुमार र रोमारियो सेफर्डले १–१ विकेट लिए । आईपीएलको जारी संस्करणमा शीर्ष चारमा रहेका पञ्जाब किङ्स, रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र मुम्बई इन्डियन्स प्ले-अफ चरणमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण