पहिलो क्वालिफायरमा पञ्जाबको निरीह ब्याटिङ
चन्दीगढ । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा पञ्जाब किंग्सले निरीह ब्याटिङ प्रदर्शन गरेको छ । बिहीबार पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले १४.१ ओभरमा सबै विकेट गुमाएर १ सय १ रन बनाएको हो ।
टोलीका लागि मार्कस स्टोइनिसले १७ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए र ओपनर प्रभसिमरन सिंहले १० बलमा १८ रन जोडे ।
खेलको अन्त्यतिर अजमतुल्लाह ओमरजाईले १८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
पञ्जाबलाई सस्तोमा समेट्न जोश हेजलवुड र सुयेश शर्माले ३–३ विकेट लिए । यश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट हात पारे ।
यो खेलमा विजयी हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नु पर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले पहिलो क्वालिफायर खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण