पहिलो क्वालिफायरमा पञ्जाबको निरीह ब्याटिङ

चन्दीगढ । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा पञ्जाब किंग्सले निरीह ब्याटिङ प्रदर्शन गरेको छ । बिहीबार पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले १४.१ ओभरमा सबै विकेट गुमाएर १ सय १ रन बनाएको हो ।
टोलीका लागि मार्कस स्टोइनिसले १७ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए र ओपनर प्रभसिमरन सिंहले १० बलमा १८ रन जोडे ।
खेलको अन्त्यतिर अजमतुल्लाह ओमरजाईले १८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
पञ्जाबलाई सस्तोमा समेट्न जोश हेजलवुड र सुयेश शर्माले ३–३ विकेट लिए । यश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट हात पारे ।
यो खेलमा विजयी हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नु पर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले पहिलो क्वालिफायर खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २: नेपालको ऐतिहासिक जित, १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै