गुजरातलाई हराउँदै दोस्रो क्वालिफायरमा मुम्बईको मार्च
चन्दीगढ । इन्डियन प्रिमियर लिगको एलिमिनेटरमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।
अब मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किंग्सको सामना गर्नेछ । उक्त खेलको विजेता टोलीले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुको सामाना गर्नेछ ।
शुक्रबार चन्दीगढको पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा मुम्बईले गुजरातसामु जितका लागि २ सय २९ रनको लक्ष्य प्रस्तुत गरेकोमा टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रनमात्र बनाउन सक्यो ।
खेलमा गुजरातको सुरुवात राम्रो हुन सकेन । कप्तान शुभमन गिल पहिलो ओभरमा नै १ रन बनाएर पभेलियन फर्किए । त्यसपछि साई सुदर्शन र कुशल मेन्डिसले गुजरातको इनिङ्सलाई अघि बढाए ।

साई सुदर्शनले टोलीका लागि सर्वाधिक ८० रनको योगदान दिए । उनले ४९ बलमा १० चौका र १ छक्का प्रहार गरे । मेन्डिसले १० बलमा २० रन जोड्दै आउट भए ।
वासिङ्टन सुन्दरले २४ बलमा ४८ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ५ चौका र ३ छक्का प्रहार गरे । शेरफान रदरफोर्ड १५ बलमा २४ रन बटुल्दै आउट हुन पुगे ।
अन्त्यतिर राहुल तेवाटियाले ११ बलमा १६ रन तथा शाहरुख खानले ७ बलमा १३ रन जोडे पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् ।
मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभर बलिङ गर्दै ५६ रन खर्चेर २ विकेट लिए । अश्विनी कुमार, जसप्रित बुमराह, मिचेल स्यान्टनर र रिचार्ड ग्लीसनले १–१ विकेट हात पारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । रोहित शर्माले यस प्रतियोगितामा चौथो अर्धशतक बनाउँदै ५० बलमा टोलीका लागि सर्वाधिक ८१ रन बटुले । उनले आफ्नो इनिङ्समा ९ चौका र ४ छक्का प्रहार गरे ।
खेलमा रोहितले अर्का ओपनर जोनी बेयरस्टोसँग मिलेर टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । दुवैले मात्र ७.२ ओभरमा पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे । बेयरस्टो २२ बलमा ४७ रन जोड्दै पभेलियन फर्किए । उनले ४ चोका र ३ छक्का हिर्काए ।

त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ बलमा ५९ रनको साझेदारी गरे । यादव ३३ रन बनाएर आउट हुँदा टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । यादवले २० बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरे ।
तिलक वर्माले तीव्र गतिमा रन बनाउँदै ११ बलमा २५ रनको योगदान दिए । उनले ३ छक्का प्रहार गरे ।
नमन धिर मात्र ६ बलमा ९ रन बनाउँदै आउट हुने पुगे । कप्तान हार्दिक पाण्ड्याले ९ बलमा २२ रन जोडे । उनले अन्तिम ओभरमा ३ छक्का प्रहार गरे ।
गुजरातका लागि साई किशोरले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्णाले पनि ४ ओभरमा ५३ रन खर्चेर २ विकेट हात पारे । मोहम्मद सिराजले एक विकेट लिए ।
आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बईले हालसम्म पाँच पटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण