बुढीगण्डकी जलविद्युत आयोजनाको हत्या गरियो : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको उल्लेख गरेका छन् । बजेट वक्तव्यमार्फत सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ भनेर सरकारले आयोजनाको घाँटी छिनालेको उनले आरोप लगाए ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– 'अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ। २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२-०८३ को बजेट–वक्तव्य (बुँदा २२४) मार्फत कथित 'सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ' भनेर पूरै घाँटी छिनालेको छ।'
'देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछु' उनले भनेका छन् ।
डा. भट्टराईले थप भनेका छन्–'भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौँदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनका लागि पूर्ण सहयोग गर्दै आउनुभएका गोरखा र धादिङको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछु।'
यो निर्णय राष्ट्रिय विश्वासघात र अपराधपूर्ण भएकोले सशक्त प्रतिवाद गर्न प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग उनले अपिल पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण