शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

‘कश्यप’ मा सविन भिलेन कि हिरो ?

बिहीबार, २२ जेठ २०८२, १४ : ५२
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • अभिनेता सविन श्रेष्ठ फिल्म 'कश्यप' मा प्रवेश गरेका छन्, निर्माण युनिटले थिम पोस्टर सार्वजनिक गरेको छ।
  • पोस्टरमा श्रेष्ठ एङ्ग्री योङ म्यानको रूपमा देखिएका छन्, जसले उनको भिलेन भूमिकाको संकेत गर्दछ।
  • दिनेशजी खड्काको निर्देशन रहने फिल्म एक्सन, थ्रिलर र लभस्टोरी कथामा आधारित हुनेछ।

काठमाडौँ । एक्सन हिरोको छवि बनाएका अभिनेता  सविन श्रेष्ठ फिल्म ‘कश्यप’ मा भित्रिएका छन् । निर्माण युनिटले फिल्मको टाइटल र थिम पोस्टर सार्वजनिक गर्दै उनी भित्रिएको जानकारी दिएको हो ।

थिम पोस्टरमा उनी एङ्ग्री योङ म्यानको रूपमा देखिएका छन् । पोस्टर हेर्दा फिल्ममा उनको भिलेन अभिनय रहने पनि अनुमान गर्न सकिन्छ । उनी पोस्टरमा हातमा रगत लतपतिएको तरबार, लामो कपाल र दाह्रीमा आक्रोशित देखिएका छन् । लुक्सले फिल्ममा उनी हिरो कि भिलेन ? भन्नेमा कौतुहलता जगाएको छ । निर्माण युनिटले भने यस विषयमा केही कुरो खोलेको छैन ।

एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेशजी खड्काले निर्देशन गर्नेछन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा औपचारिक रूपमा दर्ता भएको छ । 

फिल्मको कलाकार छनौटमा छन् । कलाकार र अन्य जानकारी चाँडै नै एक कार्यक्रम मार्फत दिइने बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप