‘कश्यप’ मा सविन भिलेन कि हिरो ?
सारांश
- अभिनेता सविन श्रेष्ठ फिल्म 'कश्यप' मा प्रवेश गरेका छन्, निर्माण युनिटले थिम पोस्टर सार्वजनिक गरेको छ।
- पोस्टरमा श्रेष्ठ एङ्ग्री योङ म्यानको रूपमा देखिएका छन्, जसले उनको भिलेन भूमिकाको संकेत गर्दछ।
- दिनेशजी खड्काको निर्देशन रहने फिल्म एक्सन, थ्रिलर र लभस्टोरी कथामा आधारित हुनेछ।
काठमाडौँ । एक्सन हिरोको छवि बनाएका अभिनेता सविन श्रेष्ठ फिल्म ‘कश्यप’ मा भित्रिएका छन् । निर्माण युनिटले फिल्मको टाइटल र थिम पोस्टर सार्वजनिक गर्दै उनी भित्रिएको जानकारी दिएको हो ।
थिम पोस्टरमा उनी एङ्ग्री योङ म्यानको रूपमा देखिएका छन् । पोस्टर हेर्दा फिल्ममा उनको भिलेन अभिनय रहने पनि अनुमान गर्न सकिन्छ । उनी पोस्टरमा हातमा रगत लतपतिएको तरबार, लामो कपाल र दाह्रीमा आक्रोशित देखिएका छन् । लुक्सले फिल्ममा उनी हिरो कि भिलेन ? भन्नेमा कौतुहलता जगाएको छ । निर्माण युनिटले भने यस विषयमा केही कुरो खोलेको छैन ।
एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेशजी खड्काले निर्देशन गर्नेछन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा औपचारिक रूपमा दर्ता भएको छ ।
फिल्मको कलाकार छनौटमा छन् । कलाकार र अन्य जानकारी चाँडै नै एक कार्यक्रम मार्फत दिइने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण