‘पत्रकारमाथि दुर्व्यवहार गर्ने वरिष्ठ अधिवक्ता थापाले सार्वजनिक रूपमा माफी माग्नुपर्छ’
बिहीबार, २२ जेठ २०८२, १९ : ४४
काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा रिपोर्टिङका लागि गएका पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल प्रेसकर्मी उमेश कार्कीको क्यामेरामा आक्रमण गरेका थिए । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य समेत रहेका थापाले फोटो खिच्ने क्रममा आफ्नो कर्तव्य निर्वाह गरिरहेका फोटो पत्रकारमाथि आक्रमण गरिएको भन्दै निन्दनीय विषय भएको नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ ।
थापाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने समेत जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले घटनाबारे सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण