शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

बिहीबार, २२ जेठ २०८२, १९ : २७
बिहीबार, २२ जेठ २०८२

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामा हानेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले पार्टीका नेताहरु छलफलमा जुटेका छन् ।  

सोही विषयमा रिपोर्टिङका लागि पत्रकारहरु त्यहाँ पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप