दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
काठमाडौँ । विश्व प्रसिद्ध फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमा आफ्नो पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । राजधानीको दरबारमार्गमा औपचारिक कार्यक्रमका बिच उक्त स्टोरको उद्घाटन गरिएको हो ।
स्केचर्सको यो स्टोर नेपालभरि हालसम्मकै एक मात्र आधिकारिक स्टोर हो। यहाँ २०२५ को नयाँ सिजनका कलेक्सनहरू र केवल आधिकारिक स्टोरहरूमा मात्र उपलब्ध हुने एक्सक्लुसिभ इनलाइन उत्पादनहरू उपलब्ध छन् ।
काठमाडौँको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा अवस्थित स्टोरले स्केचर्सका लाइफस्टाइल र परफरमेन्स फुटवेयरहरूको विस्तृत सङ्ग्रह प्रस्तुत गर्छ। स्केचर्सले सुविधा, शैली र नवीनताको संयोजनका साथ ग्राहकलाई सम्पूर्ण ब्रान्ड अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
नेपालमा स्केचर्सको उपस्थिति विस्तार गर्ने योजनासहित कम्पनीले अर्को महिना काठमाडौँको सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी गरेको छ। त्यस्तै, आउँदो असोज (सेप्टेम्बर) महिनासम्म सिभिल मलमा नेपालकै सबैभन्दा ठुलो फ्ल्यागशिप स्टोर सञ्चालनमा ल्याउने योजना रहेको स्केचर्सले जनाएको छ।
“नेपालमा स्केचर्सको सम्पूर्ण ब्रान्ड अनुभव ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं,” कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण