दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन

काठमाडौँ । विश्व प्रसिद्ध फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमा आफ्नो पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । राजधानीको दरबारमार्गमा औपचारिक कार्यक्रमका बिच उक्त स्टोरको उद्घाटन गरिएको हो ।
स्केचर्सको यो स्टोर नेपालभरि हालसम्मकै एक मात्र आधिकारिक स्टोर हो। यहाँ २०२५ को नयाँ सिजनका कलेक्सनहरू र केवल आधिकारिक स्टोरहरूमा मात्र उपलब्ध हुने एक्सक्लुसिभ इनलाइन उत्पादनहरू उपलब्ध छन् ।
काठमाडौँको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा अवस्थित स्टोरले स्केचर्सका लाइफस्टाइल र परफरमेन्स फुटवेयरहरूको विस्तृत सङ्ग्रह प्रस्तुत गर्छ। स्केचर्सले सुविधा, शैली र नवीनताको संयोजनका साथ ग्राहकलाई सम्पूर्ण ब्रान्ड अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
नेपालमा स्केचर्सको उपस्थिति विस्तार गर्ने योजनासहित कम्पनीले अर्को महिना काठमाडौँको सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी गरेको छ। त्यस्तै, आउँदो असोज (सेप्टेम्बर) महिनासम्म सिभिल मलमा नेपालकै सबैभन्दा ठुलो फ्ल्यागशिप स्टोर सञ्चालनमा ल्याउने योजना रहेको स्केचर्सले जनाएको छ।
“नेपालमा स्केचर्सको सम्पूर्ण ब्रान्ड अनुभव ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं,” कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी राफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला