टिजरमा यस्तो देखियो ‘मोहर’
काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट आज फिल्मको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरले नलेखिएको नियमको कथा बोल्छ । फिल्ममा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट बुझ्न सकिन्छ । सार्वजनिक टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् ।
लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ ।
फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता चुम्बन जङ्ग शाही हुन् । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल शाह, अर्जुन जङ्ग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
कुमार महर्जनको एक्सन रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण