इन द सिटी अफ सिल्भिया : प्रेमको खोज

समाचार सारांश
- लेखकका लागि फिल्म एक काव्यिक यात्रा र लत हो, जसले जीवनलाई रसिलो बनाउँछ।
- लेखकले 'इन द सिटी अफ सिल्भिया' फिल्मको अनुभव र यसले आफूमा पारेको प्रभावबारे चर्चा गरेका छन्।
- फिल्मको कथा र पात्रहरूसँगको सम्बन्ध, सिल्भियाको खोजी र प्रेमको महत्वबारे विश्लेषण गरिएको छ।
फिल्म अहिले मेरा लागि एक काव्यिक यात्रामय लत भएको छ । लत हुनु जीवनलाई रसिलो बनाउनु पनि हो रहेछ । उहिले–उहिले फिल्म हेर्न पाउनु नै महान उपलब्धि लाग्थ्यो । त्यो बेला फिल्मको स्तरसँग खासै सरोकार हुन्नथ्यो । आफूले हेरेका फिल्मको सङ्ख्या र कहानी सुनाएर मख्ख परिन्थ्यो । बिजुलीबत्ती समेत नभएको गाउँले परिवेशमा हुर्किएकाले पनि फिल्म दुनियाँ नै मायावी लाग्थ्यो ।
एसएलसीपछि रसुवाबाट पढाइको सिलसिलामा नुवाकोट झरियो, जहाँ दुइटा सिनेमाघर थिए । त्रिशूलीको होस्टलबाट हरेक हप्ता लागिन्थ्यो बट्टारका हलतिर । वनदेवी चलचित्र मन्दिरमा प्रायः नेपाली फिल्म चल्थे भने जगदम्बा सिनेघरमा हिन्दी फिल्म । त्यो राजेश हमाल र करिश्मा मानन्धरहरूको युग थियो । पोस्टर साइजमा मैले पनि कुनै केटीलाई मनको भित्तामा करिश्मा सजाइसकेको थिएँ । त्यसैले हलमा गइरहनु र आफूलाई हिरोमा आरोपित गर्नु धारावाहिक तालिका थियो मेरो । त्यस बेला कति फिल्म हेरियो भन्ने हेक्का समेत छैन । काठमान्डु छिरेपछि कुन प्रभावको रन्कोले हो, नेपाली फिल्म कम हेर्न थाले“ बिस्तारै । जस्तो पायो त्यस्तै फिल्म हेर्ने क्रमचाहि“ चलिरह्यो, पछिसम्मै ।
साठीको दशकको मध्यतिरबाट अमर न्यौपानेको मित्रतामा परेपछि मात्र म आर्ट मुभीको संसारप्रति आकर्षित भएको हुँ । अमरले मलाई बेढङ्गी फिल्मको दलदलबाट उद्धारै गरेको जस्तो लाग्छ । बिस्तारै फिल्म हेर्ने सन्दर्भमा ‘चुजी’ हुँदै गएछु । कुमार नगरकोटीसँगको सङ्गतले मेरो फिल्म–स्वाद नै अदलबदल भइदियो । मेरो सङ्कलनमा रहेका चार–पाँच सय फिल्ममध्ये धेरैजसो फिल्म नगरकोटीकै सिफारिसमा किनिएका हुन् । पछिल्लो समय नवीन सुब्बा, यज्ञश, अनुप सुवेदीहरूको सिफारिसमा बढी भर लाग्छ फिल्म छनोटमा ।
मसँग मन परेका थुप्रै फिल्म छन्, जसलाई बारम्बार हेर्न मन हुन्छ । तर कसैले टप टेन मुभीको नामावली मागेमा माथिल्लो लहरमा उल्लेख गर्ने फिल्म हो— इन द सिटी अफ सिल्भिया ।
जब म यो सहरमा एक्लो हुन्छु या एक्लो भइदिन मन लाग्छ, तब मलाई यो फिल्मको नियास्रो लाग्छ । यो फिल्म कतिपटक हेरियो भन्ने यकिन नभए पनि करिब १०–१२ पटक हेरेको हुनुपर्छ । हरेकपटक फिल्म हेर्दा लाग्छ, मेडिटेसन भनेको यही हुनुपर्छ । कसैको सिफारिसमा किनिएको फिल्म होइन यो । तर किन्ने बेला म नगरकोटीको साथमा थिएँ । फिल्मको कभरमा भएको स्केच र सिल्भिया शब्दले तानिसकेको थियो मलाई । सिल्भिया नामक फिल्म हेरेको थिएँ पहिले, जो कवि सिल्भिया प्लाथको जीवनकहानीमा आधारित छ । सोचेको थिएँ, उनै सिल्भिया होला फिल्ममा । कभरमा द टाइम्सबाट साभार गरिएको छ, ‘दिस इज पर्फेक्सन... इट कट्स टु द हार्ट अफ ह्वाट सिनेमा इज अल अबाउट ।’ यत्ति नै काफी थियो, फिल्म हेर्नका लागि । किन्ने बेलामा याद पनि गरिनँ, कुन भाषाको फिल्म हो, इन द सिटी अफ सिल्भिया !
जब पहिलोपटक फिल्म हेरे“, अनौठो सन्देहात्मक भाव उठ्यो, मभित्र केही प्रवेश गर्यो कि मबाट केही निकास भयो ? पछि त यही फिल्म नै मेरो एडिक्सनजस्तो भो । न्युरोडका फिल्म विक्रेता मित्र मधुसूदन भट्टराई मसँग भन्थे, ‘यो फिल्म धेरैपटक किन्ने मान्छे तपाईं नै हो ।’ याद छैन, मैले क–कसलाई दिएँ यो फिल्म ? तर, मेरा साथीहरूलाई यस फिल्मले उति छोएजस्तो लागेन । कसैले उत्साहबर्धक प्रतिक्रिया दिएको याद छैन ।
स्पेनिस भाषाको यस फिल्मका निर्देशक होसे लुई गेरिनका अरु कति वटा फिल्म छन्, थाहा छैन । उनी कस्ता निर्देशक हुन् भन्ने पनि थाहा छैन । जान्नु जरुरी छजस्तो लागेको पनि छैन । एउटै परिचय काफी छ, इन द सिटी अफ सिल्भिया ।
स्पेनिस भाषाको यस फिल्मका निर्देशक होसे लुई गेरिनका अरु कति वटा फिल्म छन्, थाहा छैन । उनी कस्ता निर्देशक हुन् भन्ने पनि थाहा छैन । जान्नु जरुरी छजस्तो लागेको पनि छैन । एउटै परिचय काफी छ, इन द सिटी अफ सिल्भिया । मैले देवनागरीमा लेखेको निर्देशकको नाम शुद्ध हिज्जेमा छ/छैन समेत थाहा छैन । यति चाहि“ भन्ने हिम्मत राख्छु, गेरिनले आफ्नो जीवनमा अरु केही गरेका छैनन् भने पनि या दश नकाम गरेको भए पनि उनको सर्वोच्च उपलब्धि यही हो, इन द सिटी अफ सिल्भिया ।
दृश्य–शृङ्खला नै यस फिल्मको भाषा हो । साह्रै थोरै संवादमा पनि दर्शक बाँधेर राख्नु फिल्मका लागि सानो उपलब्धि होइन । आदि, मध्य र अन्त्यको परम्परागत ढाँचामा विस्तारित लामो कथायुक्त फिल्मको बानी बसेकाहरूका लागि यो फिल्म हुँदै होइन । झिनो कथाको रेखामा कछुवा गतिमा फिल्मले आफूलाई हि“डाएको छ ।
फिल्मका पुराना व्याकरणलाई भत्काउँदै नवीन लय निर्माणमा निर्देशकले रुचि देखाएका छन् ।
एउटा युवक सिल्भियाको खोजीमा कुनै सहरमा गएको छ । बेनामी उक्त युवकलाई हामी नायक चाहि“ भन्न सक्छौ“ । फिल्मका दृश्यहरूले बिस्तारै हामीलाई बताउँछन् कि युवकले ६ वर्षअघि त्यही सहरमा सिल्भिया नामक युवतीलाई भेटेको थियो । निकै छोटो समयका लागि भेटिएकी सिल्भियाको अनुहार सम्झन ऊ चित्र बनाउँछ । आफू बसेको होटलनजिक क्याफेमा बसेर युवकले थुप्रै चित्र बनाउँछ । क्याफेमा आउने अनेक युवतीका चित्र बनाए पनि सिल्भियाको अनुहारसँग मेल खा“दैन ।
अचानक क्याफेमा देखापरेकी युवती नै सिल्भिया हो भन्ने लाग्छ युवकलाई । र, उसले युवतीलाई पछ्याउन थाल्छ । सडक–गल्लीहरू हुँदै युवती अगाडि जान्छिन् । युवक युवतीलाई पछ्याइरहन्छ–पछ्याइरहन्छ । ट्राममा चढेपछि थोरै तर अर्थपूर्ण संवाद हुन्छ उनीहरूको । ट्रामभित्रको छोटो संवादले नै फिल्मभरिको दृश्यले बताउन खोजेको कथा र अदृश्य कथाहरूलाई एकसाथ अनावृत गरिदिन्छ दर्शकमाझ । युवक युवतीलाई भन्छ, ‘६ वर्षअघि भेटिएकी सिल्भिया तिमी नै हौ ।’ तर, युवती बारम्बार नकार्छिन् । जाँदाजाँदै उनी भन्छिन्, ‘आशा गर्छु, तिमी उसलाई भेटाउनेछौ ।’ संवाद र हाउभाउले हामी पनि कन्फ्युज्ड हुन्छौ“, युवती सिल्भिया नै पो हो कि ?
युवक फेरि होटलमा फर्किन्छ । र, सिल्भियाको खोजीमा अनेक युवतीहरूको मुहार–स्केच बनाउन थाल्छ ।
फिल्मको युवक केही प्रतिशत मभित्रको ‘म’ पनि हो । सिल्भिया कुनै युवती मात्र होइन, जसलाई हामी क्याफे, पुस्तकालय, क्याम्पसको ढोकामा भेट्छौँ ।
मलाई फिल्मका प्राविधिक पक्ष/भाषाबारे कुनै जानकारी छैन । तर, यति भन्छु, यस फिल्मको क्यामराले दर्शकलाई एउटा कुनामा लगेर थपक्क राख्छ । साधारण दृश्यहरूको माध्यमबाट दर्शकलाई कलात्मक ढङ्गले केही सोच्न बाध्य बनाउँछ । फिल्मका प्रचलित न्यारेसन, फिल्माङ्कन र कथावस्तुमा निर्देशकको विश्वास उडिसकेको छ सायद । साहित्यको जस्तै सिनेमाको आफ्नै कथन पद्धति हुन्छ । सिनेमाको नयाँ भाषाको खोजी नै गेरिनको रुचि क्षेत्र हुनुपर्छ ।
यो फिल्म हेर्दा कसोकसो सम्झन्छु, स्यामुयल बेकेटको वेटिङ फर गोदो । बेकेट आफ्नो पात्रलाई गोदोलाई पर्खन लगाउँछन्, यता गेरिन आफ्नो पात्रलाई सिल्भियाको खोजीमा हि“डाउ“छन् । आखिर को हो गोदो ? को हो सिल्भिया ? जीवनको अर्थ, सफलता, मृत्यु, मुक्ति या प्रेम ? जब कोही कसैको अनुपस्थितिको ठुलो अर्थ रहन्छ, तब खोजाइ–गाम्भीर्यको दार्शनिक आयाम फैलि“दै जान्छ ।
फिल्मको युवक केही प्रतिशत मभित्रको ‘म’ पनि हो । सिल्भिया कुनै युवती मात्र होइन, जसलाई हामी क्याफे, पुस्तकालय, क्याम्पसको ढोकामा भेट्छौँ ।
सिल्भिया त्यो प्रेम हो, जसलाई वर्षौंअघि समयको किनारमा छोडिआएको थिएँ या वर्षौंपछि आफ्नो प्रेमलाई पहिचान गरी पछ्याइरहेछु ।
जब म यो फिल्म हेर्न बस्छु, तब सबै किसिमका बाहिरी कोलाहल बन्द गरेर आफूभित्रको कोलाहल सुन्छु ।
सिल्भिया प्रेमको सीमान्त सौन्दर्य हो, जसको खोजीमा हामी अनेक पात्रको अनुहारमा अल्झिन्छौ“ । र, खास सिल्भियाको खोजीमा स्केच बनाइरहन्छौ“ । शब्दहरूमा अभिव्यक्त भएको छैन, युवक । सायद प्रेम पनि शब्दमा शतप्रतिशत व्यक्त हुँदैन । सहरको लय युवकमा प्रवेश गरेझै“ लाग्छ । ट्राममा बाहेक फिल्मभरि कुनै संवाद छैन । तर, त्यो संवादहीनताको अर्थ मौन होइन, हुँदै होइन । सहरको आफ्नै आवाज छ । के त्यस युवकभित्रको कोलाहलको समानान्तर छैन सहरको आवाज ? युवकको मन र आँखाले बारम्बार भनिरहेझै“ लाग्छ— सिल्भिया ! सिल्भिया !
सोच्छु, युवकले जब सिल्भिया भेटेको थियो, त्यही बेला किन प्रेम भएन ? जब उसले प्रेम पहिचान गर्यो, तब वास्तविक सिल्भिया किन भेट्दैन ? यो असङ्गति प्रेममा मात्र हुन्छ कि सिङ्गो जीवनमै पनि हुन्छ ? तर, युवक सिल्भियालाई खोजिरहन्छ–खोजिरहन्छ । युवतीले आशा देखाएकी छ, ‘तिमी उसलाई भेटाउनेछौ ।’ त्यही आशाले नै हाम्रो जीवनको अस्तित्वलाई लतारिरहेको छ ।
जब म यो फिल्म हेर्न बस्छु, तब सबै किसिमका बाहिरी कोलाहल बन्द गरेर आफूभित्रको कोलाहल सुन्छु । र, मौन–मौन बस्छु । लाग्छ, ६ वर्ष, १२ वर्ष या १८ वर्षपछि पनि पुरानो प्रेमको खोजमा निस्कनु चानचुने विषय हो ? के यी कुनै अङ्कको गुणन मात्र हो ?
फिल्मका टेक्निकल ज्ञाताका लागि इन द सिटी अफ सिल्भियालाई लिएर विश्व सिनेइतिहासमाथि नै बहस गर्ने प्रशस्त ढोका खुला देख्छु म । तर, यो फिल्म हेर्न आँट गर्नेसँग धैर्य पनि हुनु जरुरी छ ।
यति भन्छु, हतारमा इन द सिटी अफ सिल्भिया नहेरियोस् ।
(इतर समीक्षाबाट साभार ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
हेर्नुहाेस् आजकाे राशिफल
-
यस्तो छ आइतबारको अन्तर्राष्ट्रिय मुद्रा विनिमय दर
-
कस्तो रहला यो हप्ता तपाईँको ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै
-
‘इरान लामो र तीव्र युद्धका लागि तयार छ’