इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
बुधबार, ०४ असार २०८२, २१ : १३

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म भ्रमण तथा यात्रा नगर्न एडभाइजरी जारी गरेको छ ।
बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरुलाई जटिल परिस्थिति कायम रहेसम्म भ्रमण तथा यात्रा स्थगित गर्न भनेको हो ।
'इजरायल र इरानबीच विकसित घट्नाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको, त्यहाँ रहनुभएका नेपाली नागरिकहरु हालसम्म सुरक्षित रहनुभएको र निजहरुको हितको रक्षा गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,'सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
-
नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
-
'माधव नेपाललाई कमजोर बनाएर समाजवादी पार्टी विघटन गर्ने ओलीको योजना छ'
-
अदालतले नेपाल खबरलाई सोध्यो : समाचार किन नमेटेको ?
-
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर
-
कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण