इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
बुधबार, ०४ असार २०८२, २१ : १३
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म भ्रमण तथा यात्रा नगर्न एडभाइजरी जारी गरेको छ ।
बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरुलाई जटिल परिस्थिति कायम रहेसम्म भ्रमण तथा यात्रा स्थगित गर्न भनेको हो ।
'इजरायल र इरानबीच विकसित घट्नाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको, त्यहाँ रहनुभएका नेपाली नागरिकहरु हालसम्म सुरक्षित रहनुभएको र निजहरुको हितको रक्षा गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,'सूचनामा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण