चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक

काठमाडौँ । साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बिहीबार सार्वजनिक गरिएको छ । काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रमकाबिच गीत सार्वजनिक गरिएको हो ।
शरद हुमागाँई र विशाखा शाहीको स्वर रहेको चलचित्रको यो रोमान्टिक गीतमा शब्द प्रमोद ढुङ्गानाको छ । सुरेश अधिकारीले सङ्गीत दिएको गीतको भिडियोमा नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ ।
गीतको भिडियोमा पल र नीतिको प्रेम भाव छल्किएको छ ।चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई फिल्म मेकर्स प्रा.लिले बनाएको हो ।
चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । यो गीतलाई भने रामजीले कोरियोग्राफी गरेका हुन् ।
रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले यो फिल्मको वितरण गर्नेछन् । समिर मियाको भीएफएक्स रहेको फिल्ममा सत्यम रानाको सीजीआई, लक्ष्मण राज पौडेलको प्रोडक्सन डिजाइन छ । रोशन जंग शाही फिल्मका लाइन प्रोड्यूसर हुन् ।
कार्यक्रममा बोल्दै नायक पल शाहले यो गीतको भिडियो छायाङ्कनका क्रममा निकै नै दुःख भएपनि गीत तयार भएर आएपछि खुसी लागेको बताए । नायिका नीति शाहले पनि गीतको छायाङ्कनका क्रममा सबैको मिहिनेत परेको भन्दै दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताइन् ।
फिल्मका निर्देशक ओम प्रतिकले फिल्ममा दर्शकले केही फरक कथा हेर्न पाउने बताए । निर्माता चुम्बन जंग शाहीले आफू सानैबाट फिल्मी माहोलमा हुर्किएको भन्दै त्यही कुराले तानेर फिल्म निर्माण गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
सिरहामा किशोरीले गरे युवकमाथि चक्कु प्रहार, किशोरी प्रहरी नियन्त्रणमा
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड