चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
काठमाडौँ । साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बिहीबार सार्वजनिक गरिएको छ । काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रमकाबिच गीत सार्वजनिक गरिएको हो ।
शरद हुमागाँई र विशाखा शाहीको स्वर रहेको चलचित्रको यो रोमान्टिक गीतमा शब्द प्रमोद ढुङ्गानाको छ । सुरेश अधिकारीले सङ्गीत दिएको गीतको भिडियोमा नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ ।
गीतको भिडियोमा पल र नीतिको प्रेम भाव छल्किएको छ ।चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई फिल्म मेकर्स प्रा.लिले बनाएको हो ।
चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । यो गीतलाई भने रामजीले कोरियोग्राफी गरेका हुन् ।
रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले यो फिल्मको वितरण गर्नेछन् । समिर मियाको भीएफएक्स रहेको फिल्ममा सत्यम रानाको सीजीआई, लक्ष्मण राज पौडेलको प्रोडक्सन डिजाइन छ । रोशन जंग शाही फिल्मका लाइन प्रोड्यूसर हुन् ।
कार्यक्रममा बोल्दै नायक पल शाहले यो गीतको भिडियो छायाङ्कनका क्रममा निकै नै दुःख भएपनि गीत तयार भएर आएपछि खुसी लागेको बताए । नायिका नीति शाहले पनि गीतको छायाङ्कनका क्रममा सबैको मिहिनेत परेको भन्दै दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताइन् ।
फिल्मका निर्देशक ओम प्रतिकले फिल्ममा दर्शकले केही फरक कथा हेर्न पाउने बताए । निर्माता चुम्बन जंग शाहीले आफू सानैबाट फिल्मी माहोलमा हुर्किएको भन्दै त्यही कुराले तानेर फिल्म निर्माण गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण