शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दुई संसदीय समितिको बैठक

सोमबार, ०९ असार २०८२, ०६ : ००
सोमबार, ०९ असार २०८२

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ८ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा सम्बन्धमा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन सम्बन्धमा र समसामयिक विषयमा छलफल हुनेछ । 

त्यस्तै बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन उपर छलफल, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप