अपडेट : प्रमुख नदीहरू सामान्य अवस्थामा
बुधबार, ११ असार २०८२, ०९ : ११
सारांश
- बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका प्रमुख नदीहरूको बहाव सामान्य छ।
- कोशी, कर्णाली लगायतका नदीहरूमा बहाव सतर्कता तहभन्दा तल छ।
- आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
काठमाडौँ । आज बिहानको मापनअनुसार देशका प्रमुख नदीहरूको बहाव सामान्य अवस्थामा रहेको जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कोशी, कर्णाली, नारायणी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेका हुन्। हालको अवस्था अनुसार ती नदीहरूमा कुनै ठूलो बाढीको सम्भावना नरहेको बताइएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण