टिप्स : बाढीको समयमा के गर्ने, के नगर्ने ?
बिहीबार, १२ असार २०८२, २१ : ३०
काठमाडौँ । वर्षा सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढीको खतरा बढेको छ । यही खतरालाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले नागरिकलाई बाढीको समयमा अपनाउनुपर्ने सावधानी र बच्ने उपायका बारेमा सूचना जारी गरेको छ ।
विभागले बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका लागि के गर्नुपर्ने र के नगर्नुपर्ने भन्ने विषयमा बुँदागत रूपमा यस्तो जानकारी गराएको छ–
बाढीको समयमा के गर्ने ?
- आवश्यक कागजात औषधी, मोबाइल चार्जर, टर्च जस्ता सामग्रीहरू झोलामा राखेर तयारी अवस्थामा राख्न राख्ने ।
- सम्भावित बाढीको जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान र निरन्तर बाढीसम्बन्धी सूचना सुन्ने ।
- घरमा रहेको बिजुली र ग्यास प्रणाली बन्द गरी मेन स्विच अफ गर्ने ।
- विपद् व्यवस्थापनका लागि स्थानीय निकायसँग सम्पर्कमा रहने र आवश्यक परेमा टोल फ्री नम्बर ११५५ मा फोन गर्ने ।
बाढीको समयमा के नगर्ने ?
- खोलानाला वा डुबानमा परेको बाटो पार गर्न नखोज्ने ।
- भिजेका विद्युतीय उपकरण तथा पोल नछुने र सावधानी अपनाउने ।
- बाढीको समयमा माछा मार्न वा बगिरहेको सामान टिप्न जाने प्रयास नगर्ने ।
- अफवाहमा नलाग्ने र गलत सूचना पनि नफैलाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण