आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
वर्षा

नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा वर्षासँगै पहिरोको जोखिम, सतर्कता आग्रह

शनिबार, १४ असार २०८२, ०१ : २२
शनिबार, १४ असार २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागका अनुसार नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
  • विभागले जारी गरेको सूचना अनुसार, वर्षाका कारण खोलामा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको छ।
  • पहिरोको जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले नुवाकोट, सिन्धुपाल्चोक, दोलखा जिल्ला र आसपासका क्षेत्रमा पछिल्लो केही घण्टामा हल्कादेखि मध्यम वर्षा मापन भएको जनाएको छ।

असार १३ गते राति १०ः४० बजे विभागले जारी गरेको सूचना अनुसार, पछिल्लो १ देखि ३ घण्टाभित्र ती क्षेत्रमा वर्षा भएको र आगामी घण्टाहरूमा थप वर्षाको सम्भावना रहेकोले स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने उल्लेख गरिएको छ।

साथै, कमजोर तथा भिरालो भू–भागमा पहिरोको जोखिम पनि बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।

विभागले आवश्यक सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न र आधिकारिक स्रोतबाट आउने जानकारीलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप