शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा निरन्तर वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सोमबार, १६ असार २०८२, ०५ : ५४
सोमबार, १६ असार २०८२

सारांश

  • कञ्चनपुरको खल्लागोठ र शान्तिपुर बेलौरीमा पछिल्लो ३ घण्टामा मध्यम वर्षा मापन गरिएको छ।
  • बाढी पूर्वानुमान महाशाखाले सिहाली, दोदा(मछेली) लगायत खोलामा बहाव बढ्न सक्ने चेतावनी दिएको छ।
  • देशभर मनसुनी वायुको प्रभाव रहेको र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ।

काठमाडौँ । पछिल्लो ३ घण्टामा कञ्चनपुर जिल्लास्थित खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्रहरू तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ४:३० बजे सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

महाशाखाले सो क्षेत्रहरू भई बहने सिहाली, दोदा(मछेली) लगायत स-साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप