आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सकियो असार १५ को डेडलाइन : विद्यालय शिक्षा विधेयक संसदमा पेस नभएपछि शिक्षक महासंघको आपत्ति

सोमबार, १६ असार २०८२, १० : ४४
सोमबार, १६ असार २०८२

सारांश

  • नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पेस नगरेकोमा आपत्ति जनाएको छ।
  • विधेयक पेस गर्न माग गर्दै महासङ्घले विगतमा ८९ दिन आन्दोलन गरेको थियो र सहमति भएको थियो।
  • संसदमा विधेयक पेस नभए पुनः आन्दोलनमा जाने चेतावनी महासङ्घले दिएको छ।

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक संसदमा पेस नगरेकोप्रति गम्भीर आपत्ति जनाएको छ। 

महासङ्घले विगतका सहमतिहरूलाई सम्बोधन गर्दै विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने माग राख्दै विगतमा ८९ दिनसम्म सशक्त आन्दोलनसमेत गरेको थियो।

त्यही आन्दोलनको क्रममा गत वैशाख १७ गते राज्य पक्ष र महासङ्घबीच विद्यालय शिक्षा विधेयक असार १५ भित्रै प्रतिनिधि सभामा पेस गर्ने सम्झौता भएको थियो। तर, उक्त डेडलाइनभित्र विधेयक संसदमा पेस नभएपछि महासङ्घले सोमबार विज्ञप्ति जारी गर्दै यसप्रति आपत्ति जनाएको हो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको छलफल छिटो सम्पन्न गरी विधेयक प्रतिनिधि सभामा पेस गरी पारित गर्न माग गरिएको छ।

विज्ञप्तिमा विलम्ब र षडयन्त्र भएमा महासङ्घ पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप