१७ तस्बिरमा हेर्नुहोस् नदीजन्य खोज तथा उद्धार अभ्यास
ललितपुर । ललितपुर महानगरपालिकाले नागदहमा नदीजन्य खोज तथा उद्धार अभ्यास गरेको छ । महानगरले मंगलबार नागदहमा नदीजन्य खोज तथा उद्धार अभ्यास गरेको हो ।
“समुदाय विपद् स्वयंसेवक तालिम“ लिएका प्रशिक्षार्थीहरूको प्रत्यक्ष सहभागितामा अभ्यास सम्पन्न गरेको हो । डेमोन्ट्रेसनमा जल उत्पन्न प्रकोपको समयमा उद्धार गर्ने प्रक्रिया र अन्य अवस्थामा पनि हुन सक्ने जलजन्य दुर्घटनाको समयमा स्थानीय तवरबाट नै उद्धार गर्न सक्ने तरिका पनि देखाइएको थियो ।
यस प्रकारको दुर्घटना र विपद्को समयमा घाइतेलाई दिने प्राथमिक उपचारको पनि अभ्यास गरिएको थियो ।यसका अलवा आगलागीको समयमा स्थानीय तवरबाट नै आगो निभाउने तथा वारुण यन्त्र नआइपुग्दासम्म थप फैलिन नदिने तरिकाको बारेमा पनि कृत्रिम अभ्यास गरिएको थियो ।
यो अभ्यासमा ललितपुर महानगरपालिकाका नगर प्रहरीको पनि प्रत्यक्ष सहभागिता रहेको थियो ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण