भारत- इंग्ल्याण्ड टेस्ट
इंग्ल्याण्ड ४०७ रनमै अलआउट, सिराजले ६ विकेट लिए
शनिबार, २१ असार २०८२, ०० : २७
सारांश
- इंग्ल्याण्ड एजबेस्टन टेस्टको पहिलो पारीमा ४०७ रनमा अलआउट भयो।
- भारतले पहिलो पारीमा १८० रनको अग्रता लियो, जसमा मोहम्मद सिराजले ६ विकेट लिए।
- हैरी ब्रुक र जेमी स्मिथले छैठौं विकेटका लागि ३११ रनको साझेदारी गरे।
काठमाडौँ । इंग्ल्याण्ड एजबेस्टन टेस्टको पहिलो पारीमा ४०७ रनमा अलआउट भएको छ। यससँगै भारतले पहिलो पारीको आधारमा १८० रनको ठुलो अग्रता लिएको छ।
भारतीय बलर मोहम्मद सिराजले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन दिएर ६ विकेट लिए।
तेस्रो दिनको सुरुवातमै भारतीय बलरले शानदार प्रदर्शन गर्दै इंग्ल्याण्डका आधा ब्याट्सम्यानलाई ८४ रनमै पभेलियन फर्काएका थिए। तर त्यसपछि हैरी ब्रुक र जेमी स्मिथले छैठौं विकेटका लागि ३११ रनको विस्फोटक साझेदारी गरे।
ब्रुकले १५८ रन बनाए भने जेमी स्मिथले २०७ बलमा २१ चौका र ४ छक्का प्रहार गर्दै १८४ रनको शानदार इनिङ्स खेले।
भारतले पहिलो पारीमा ५८७ रन बनाएको थियो। जसमा कप्तान शुभमन गिलले २६९ रनको कप्तानी पारी खेलेका थिए।
सिरीजको पहिलो टेस्ट खेल इंग्ल्याण्डले जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण