भारतको बङ्गलादेशबिचको सिरिज स्थगित
आइतबार, २२ असार २०८२, ०० : ५३
सारांश
- भारत र बङ्गलादेश बीचको ह्वाइट बल सिरिज २०२५ मा स्थगित भयो, जुन अब २०२६ सेप्टेम्बरमा हुनेछ।
- बंगलादेश क्रिकेट बोर्ड र भारतीय बोर्डले अन्तर्राष्ट्रिय खेल तालिका र व्यस्तताका कारण यो निर्णय गरे।
- दुवै बोर्डले सिरिजको नयाँ मिति र विस्तृत कार्यक्रम चाँडै सार्वजनिक गर्ने जनाएका छन्।
काठमाडौँ । भारत र बङ्गलादेशबिच आगामी अगस्त २०२५ मा हुने तय भएको ह्वाइट बल सिरिज (वनडे र टी२०) आपसी सहमतिमा स्थगित गरिएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र भारतीय बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय खेल तालिका र दुवै टोलीको व्यस्ततालाई ध्यानमा राख्दै यो निर्णय गरेका हुन्।
यो सिरिज अन्तर्गत तीन एक दिवसीय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलहरू हुने तय थियो, जुन अब २०२६ सेप्टेम्बरमा गरिनेछ।
बीसीबीले सेप्टेम्बर २०२६ मा अपेक्षित सिरिजका लागि भारत स्वागत गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ ।
दुवै बोर्डबिचको सहमतिपछि सिरिजको नयाँ मिति र विस्तृत कार्यक्रम चाँडै सार्वजनिक गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण