कानुनी शासनमा कांग्रेस हुँदैमा दोषीले उन्मुक्ति पाउन हुन्न : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुनी शासनमा कांग्रेस हुँदैमा दोषीले उन्मुक्ति पाउन नहुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले कानुनी शासनमा दोषीले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।
कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही पनि छुट्नुहुँदैन भन्नुपर्यो, थापाले भने, दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन ।
पूर्व उपसभापति गोपालमान श्रेष्ठले एमाले र माओवादीले भ्रष्टाचारका मुद्दामा जोडिएका आफ्ना नेतालाई जोगाएको र कांग्रेसले जोगाउन नसकेको भन्दै गरेको टिप्पणीको जवाफ फर्काउँदै कांग्रेस हुँद कानुनी शासनमा दोषीले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।
भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा भएका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले त थापाकै कारण आफूलाई अख्तियारले मुद्दा दायर गरेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण