शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री बालाराम घर्ती रहेनन्

शुक्रबार, २७ असार २०८२, १३ : ५७
शुक्रबार, २७ असार २०८२

सारांश

  • राप्रपाका संस्थापक नेता बालाराम घर्ती मगरको निधन भएको छ।
  • शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरे।
  • उनी रोल्पाबाट सांसद र मन्त्री बनेका थिए, उनको श्रीमती र ७ छोरी छन्।

काठमाडौँ । राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  

शुक्रबार बिहान सातदोबाटोस्थित निवासमा बसिरहेको बेला एकाएक स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले बीएण्डबी अस्पताल लगेकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको श्रेष्ठको भनाइ छ । 

उनको श्रीमती र ७ छोरी छन् । एउटा बाहेक अरू छोरी विदेशमा रहेकाले उनीहरू आएपछिमात्रै अन्तिम संस्कार हुने श्रेष्ठको भनाइ छ । उनको पार्थिव शरीर बीएण्डबी अस्पतालमै राखिएको छ । 
रोल्पाबाट प्रतिनिधित्व गर्ने उनी पटक पटक सांसद र मन्त्री बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप