मृत्युको चार वर्षपछि ‘वर्ल्ड टुर’ मा सिद्धु मुसेवाला !
सारांश
- प्रसिद्ध पन्जाबी गायक सिद्धू मूसेवालाको होलोग्राम प्रविधिबाट सन् २०२६ मा वर्ल्ड टुर आयोजना हुने भएको छ।
- टुरमा मूसेवालाको असली आवाज, सिनेम्याटिक भिजुअल्स, स्टेज इफेक्ट्स र 'थ्रिडी' होलोग्राफिक प्रोजेक्सन हुनेछ।
- यो टुर प्लाटिनम इभेन्ट्सद्वारा आयोजना गरिनेछ र मूसेवालाको आधिकारिक सोसल मिडियाबाट जानकारी दिइनेछ।
काठमाडौँ । प्रसिद्ध पन्जाबी गायक सिद्धु मुसेवालाको निधन भएको चार वर्षपछि पनि अब उनी ‘वर्ल्ड टुर’ मा निस्कने भएका छन्। तर यो कुनै चमत्कार होइन, ‘होलोग्राम’ प्रविधिबाट हुने पहिलो श्रद्धाञ्जली विश्व टुर हो, जुन सन् २०२६ मा आयोजना गरिने बताइएको छ।
१४ जुलाई २०२५ मा मूसेवालाको टिमले सामाजिक सञ्जालमा ‘साइन टु गड वर्ल्ड टुर–२०२६’ शीर्षकसहितको भिडियो सार्वजनिक गरेपछि यो खबर भाइरल भएको हो। हालसम्म टुरको आधिकारिक मिति, स्थान वा कार्यक्रमबारे जानकारी दिइएको छैन।

के हुनेछ टूरमा ?
टिमका अनुसार यो टुरमा सिद्धू मूसेवालाको असली आवाज, सिनेम्याटिक भिजुअल्स, स्टेज इफेक्ट्स र ‘थ्रिडी’ होलोग्राफिक प्रोजेक्सन समावेश गरिनेछ। यसमार्फत उनका फ्यानहरूले उनलाई ‘स्मृति’ होइन, प्रत्यक्ष ‘उपस्थिति’का रूपमा महसुस गर्न सक्नेछन्।
यो वर्ल्ड टुरको आयोजना प्लाटिनम इभेन्ट्सद्वारा गरिनेछ र टुरसम्बन्धी सबै जानकारी मूसेवालाका आधिकारिक सोसल मिडिया प्लेटफर्ममार्फत मात्रै सार्वजनिक गरिने टिमले जनाएको छ।
होलोग्राम के हो ?
होलोग्राम भनेको लेजर प्रविधिबाट बनाइने ‘थ्रिडी’ छवि हो, जुन हेर्दा वास्तविकजस्तै देखिन्छ तर वास्तवमा यो प्रकाशको सहायताले बनाइएको डिजिटल छवि मात्र हो। यो प्रविधिले कलाकारलाई स्टेजमा जीवन्त रूपमा देखाउन सक्छ, जसले दर्शकलाई प्रत्यक्ष उपस्थितिको अनुभूति दिन्छ।
यसअघि अन्तर्राष्ट्रिय रूपमा टुपाक शकुर, माइकल ज्याक्सन, पैटसी क्लाइन लगायतका दिवङ्गत कलाकारहरूको होलोग्राफिक प्रस्तुति भइसकेको छ।
यदि सिद्धु मुसेवालाको वर्ल्ड टुर होलोग्राममार्फत सफलतापूर्वक सम्पन्न भयो भने, उनी ‘होलोग्राम टुर’ गर्ने पहिलो भारतीय कलाकार बन्नेछन्।
उनको २०२२ मे २९ मा हत्या भएपछि हालसम्म ११ वटा नयाँ गीत सार्वजनिक भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण