आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव फेला

सोमबार, ०५ साउन २०८२, १८ : ०९
सोमबार, ०५ साउन २०८२

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६, सरनपुरस्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सोमबार उनको शव निकालेको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५, सुर्यनगरका १५ वर्षीय मेनसन पुन मगर रहेका छन्। सोमबार दिउँसो नारायणी नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट खटिएको गोताखोरसहितको टोलीले घटनास्थलको करिब २५ फिट गहिराइबाट उनको शव फेला पारेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप