आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दुर्घटना

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

बुधबार, ०७ साउन २०८२, ०७ : ०९
बुधबार, ०७ साउन २०८२

सारांश

  • राती भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।
  • जाजरकोटको नलगाड नगरपालिकाबाट रिम्नातर्फ आउँदै गरेको टिपर दुर्घटनाग्रस्त भयो।
  • बेपत्ताहरूको खोजी कार्य जारी छ, तर नदीमा पानीको बहाव उच्च छ।

सुर्खेत । गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए । 

उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । 

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप