शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

राक्षसको दहन गरेर मनाइयो गठेमङ्गल पर्व

बुधबार, ०७ साउन २०८२, १८ : ५२
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । भक्तपुरका नेवार समुदायले घण्टाकर्ण राक्षसको दहन गरेर गठेमङ्गल पर्व मनाएका छन् । 

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । प्राचीन समयमा नेपालमण्डलमा गठामंगल/ घण्टाकर्ण नाम गरेको एउटा दानव रहेको र त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने मानिस मन नपर्ने भएकाले उसले सत्य वचन सुन्न नपरोस् भनेर सधैँकानमा  घण्टी झुन्ड्याएर हिँड्ने भएकाले उसलाई घण्टाकर्ण भन्ने गरिएको किंवदन्ती छ ।

घण्टाकर्णले विशेष गरी दोबाटो र चौबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गरेका सर्वसाधारण आतङ्कित थिए ।

एक दिन घण्टाकर्ण मरेको र ऊ मरेको खुसीयालीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गरी फलामको औँठी  लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राख्ने गरिएको धार्मिक किंवदन्ती रहेको छ । चोकचोकमा जम्मा भई मानिसहरूले बुधवार साँझ आगो बालेर भूत भगाएका थिए । 

पुतलाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहिआएको छ । यो पर्व मनाएमा मानिसलाई विभिन्न रोग, व्याधि नलाग्ने विश्वास गरिन्छ ।

01-520618306_1384636922612927_1901698981722885120_n02-521638720_24083363147969081_2446244443198568161_n03-519629355_1256344015935683_5193510816329236058_n04-519670307_3902763249870060_8348557915850355486_n05-520262993_1678627102843612_8808544032332449623_n06-522442305_2294905474295761_4966527021334978068_n07-521271004_1817644422504245_5901988844305977894_n08-519363771_1410644656827375_1504314528252103817_n09-519525544_669647949422470_7221259394623122071_n10-521477660_1397616364641757_61339450071159557_n11-520925372_2766436703561171_1688045079408953157_n12-521583616_1794438394478826_7395644074089362039_n13-522372878_23913544818274687_8634372708292735710_n14-522357045_662750543481462_7603449331265837053_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप