‘कांग्रेसको छवि सुधार्न दलको नेता परिवर्तन’ (अविश्वास प्रस्तावको पूर्णपाठसहित)
सारांश
- बागमती प्रदेशका सांसदहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
- अविश्वास प्रस्तावमा मुख्यमन्त्री लामाको नेतृत्वमा सरकार र प्रतिपक्षमा कांग्रेसको भूमिका कमजोर भएको आरोप लगाइएको छ।
- प्रस्तावमा आर्थिक वर्षको बजेट कार्यान्वयन नभएको र जनतामा प्रदेशप्रति वितृष्णा बढेको उल्लेख छ, जसले नेतृत्व परिवर्तनको माग गरेको छ।
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका सदस्य सचिव कृष्णकुमार तामाङलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाईमा मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्ताव बुझाएको हो । कांग्रेस संसदीय दलको रेकर्डअनुसार सो प्रस्ताव आव २०८२/८३ दर्ता नम्बर ०२ मा दर्ता गरिएको छ ।
मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका कमजोर रहेको अविश्वासको प्रस्तावमा उल्लेख छ । पछिल्लो पटक फरक समीकरणमा दुईपटक सरकारमा रहेको कांग्रेसबाट लामाले अर्थमन्त्री र मुख्यमन्त्री बन्ने अवसर पाएपनि प्रभावकारी कार्य सम्पादन गर्न नसकेको आरोप प्रस्ताव मार्फत लगाइएको छ ।
‘माननीय बहादुरसिंह लामा (तामाङ)को नेतृत्वमा प्रमुख प्रतिपक्षको रुपमा हाम्रो भूमिका सशक्त हुन नसकेको पनि हामीले महसुस गरेका छौं । साथै, उहाँ अर्थमन्त्री रहँदा बजेट निर्माणमा हामीले गर्नसक्ने जति गर्न पनि सकेनौं । फलस्वरुप, नेपाली कांग्रेस बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका साथीहरुमा नैराश्यता छाउनुका साथै जनतामा प्रदेश संरचनाप्रति वितृष्णा पैदा भएको स्मरण गराउँछौं ।’ अविश्वास प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनेको अवधिमा पनि माननीय बहादुरसिंह लामा (तामाङ)ले विनियोजित बजेट समेत प्रभावकारी कार्यान्वयन गर्न सक्नुभएन । राजस्व संकलन र खर्चको स्थिति नाजुक छ, प्रदेशका जनताले महसुस हुनेगरी कुनै सेवा पाएका छैनन् । त्यति मात्र नभई गत वर्ष असोज ११ देखि १३ सम्म आएको अविरल वर्षा र बाढीबाट पीडितहरुले अझै राहत पाएका छैनन् । पुनर्निर्माणले प्राथमिकता पाउन सकेको छैन ।’
प्रदेश संसदीय दल र प्रदेश कार्यसमितिबिच सहकार्य हुनसकेको अविश्वास प्रस्तावमा उल्लेख गरिएको छ । नियुक्तिहरुमा पार्टी, संसदीय दल र सरकारबिच समन्वय शून्य रहेको समेत आरोप लगाइएको छ । गणतन्त्र, संघीयता र वर्तमान संविधानप्रति विभिन्न आरोपसहितका आवाजहरु उठ्दा समेत मुख्यमन्त्रीको कुनै कदम चाल्न नसकेको समेत प्रस्तावमा भनिएको छ ।
एक वर्षको अवधिमा संसदीय दलको बैठक समेत तीन पटक मात्र संसदको बैठक बसेको र एउटा मात्र संशोधन विधेयक पारित भएको प्रस्तावमा उल्लेख छ । सरकारले प्रदेश सभामा नयाँ विधेयकहरु प्रस्तुत गर्न नसकेका कारण प्रदेशसभाले बिजनेस पाउन नसकेकाले सरकार र सदन सञ्चालनमा प्रदेशसभाका माननीय सदस्यहरुको भूमिका गौण हुन पुगेको आरोप समेत लगाइएको छ ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले तय गरेको कार्यक्रमअन्तर्गत विनियोजित बजेट लक्ष्यअनुसार खर्च हुन नसकेको तथा आफ्नै पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य मुख्यमन्त्री र अर्थमन्त्री हुँदा समेत चालु आर्थिक वर्षको बजेट विवादमुक्त हुन नसकेको सांसदहरुको आरोप छ ।
जनतामाझ कांग्रेसको छवि दिनप्रतिदिन कमजोर बन्दै गएको र सरकारका कामकारबाहीका कारण प्रदेशप्रति नै जनआक्रोश बढेकाले कांग्रेसको छवि सुधार्नु आजको प्रमुख आवश्यकता देखिएको अविश्वास प्रस्तावमा भनिएको छ । उक्त कार्य वर्तमान संसदीय दलका नेताको नेतृत्वमा सम्भव नभएकाले नेतृत्व परिवर्तनको विकल्प नरहेको निष्कर्ष सांसदहरुको छ ।
उक्त निष्कर्ष निकाल्दै नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा १८ को उपधारा ६ बमोजिम २१ जना सांसदहरुको हस्ताक्षरमा नेता लामामाथि अविश्वासको प्रस्ताव पेश गरिएको हो । उक्त संख्या कुल सांसदको बहुमत रहेकाले लामालाई नेताबाट हटाएर इन्द्रबहादुर बानियाँलाई प्रदेशसभा संसदीय दलको नेता चयन गर्न माग गरिएको छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सदस्य रहेका छन् । अविश्वास प्रस्ताव दर्ताको समयमा २१ जनामध्ये १८ जना सांसदहरु सहभागी थिए । तीन जना सांसद भने हस्ताक्षर गरेपनि उपस्थित भएनन् ।
अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरु
इन्द्रबहादुर बानियाँ
शिवराज अधिकारी
कञ्चनचन्द्र बादे
दीपेन्द्र श्रेष्ठ
पुकार महर्जन
बिनु रायमाझी
यमुनादेवी श्रेष्ठ
माया श्रेष्ठ
उर्मिला नेपाल
शान्ता ढकाल
प्रभात तमाङ
छिरिङ छोडी लामा
मीना पराजुली
याङ्किला शेर्पा
मीनकृष्ण महर्जन
विमल ठकुरी
मदुकुमार श्रेष्ठ
सुरजचन्द्र लामिछाने
सुरेश श्रेष्ठ
श्रीराम लामिछाने
सुना परियार
पूर्णपाठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण