शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

भारत र इङ्गल्यान्डबिचको चौथो टेस्ट खेल बराबरीमा सकियो

आइतबार, ११ साउन २०८२, २२ : ४५
आइतबार, ११ साउन २०८२

सारांश

  • भारत र इङ्ल्यान्डबीचको म्यानचेस्टर टेस्ट बराबरीमा टुंगियो, भारतले दोस्रो इनिङ्समा राम्रो ब्याटिङ गर्यो।
  • शुभमन गिल, रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले शतक बनाए भने केएल राहुलले ९० रनको योगदान दिए।
  • गिलले कप्तानको रूपमा डेब्यू शृङ्खलामा ४ शतक बनाउने कीर्तिमान बनाए भने जडेजाले इङ्ल्यान्डमा १००० रन पूरा गरे।

म्यानचेस्टर। भारत र इङ्गल्यान्डबिचको चौथो टेस्ट बराबरीमा रोकिएको छ । आइतबार भएको पाँचौँ दिनको खेलमा भारत ४२५ रन बनाएर ४ विकेट गुमाउँदै नटआउट भएपछि खेल बराबरीमा रोकिएको हो । 

भारत पहिलो इनिङ्समा ३५८ रन बनाउँदै अल आउट भएको थियो । त्यसपछि ब्याटिङ थालेको इङ्गल्यान्ड ६६९ रन बनाउँदै अल आउट भएको थियो । त्यसपछि चौथो दिनको अन्तिम तिर ब्याटिङ थालेको इङ्गल्यान्डले ४ विकेट गुमाउँदै ४२५ रन बनायो ।

दोस्रो इनिङ्समा भारतका लागि तीन खेलाडीले शतकीय पारी खेले । कप्तान सुभमन गिलले १०३ रनको शतकीय पारी खेल्दा वासिन्टन सुन्दरले १०१ र रवीन्द्र जडेजाले १०७ रनको शतकीय पारी खेले ।  

योसँगै दुई टोलीबिचको चौथो टेस्ट बराबरी बनेको छ ।  दुई टोलीबिचको पहिलो टेस्ट इङ्गल्यान्डले ५ विकेटमा जितेको थियो । त्यस्तै दोस्रो टेस्टमा भारतले ३३६ रनको जित निकाल्दा तेस्रो टेस्टमा इङ्गल्यान्डले २२ रनको जितसँगै आफ्नो पक्षमा पारेको थियो । 

दुई टोलीबिचको पाँचौँ टेस्ट म्याच ३१ जुलाईबाट सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप