सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

‘अभिमन्यु’ हिन्दीमा पनि रिलिज हुने

सोमबार, १२ साउन २०८२, १५ : १५
सोमबार, १२ साउन २०८२

काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को २ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् ।

दुई पोस्टरले क्यारेक्टर लुक्स, क्यारेक्टर र सम्बन्धलाई थोरै खुलाउँदै सस्पेन्स क्रिएट गर्न खोजेको देखिन्छ ।

‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदै छ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए ।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको सङ्घर्षको कथा भन्ने फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ । 

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । गौतमको यो निर्देशन डेब्यु चलचित्र हो । 

विनोद पौडेल र गुञ्जन गिरी निर्माण रहेको फिल्मका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप