शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमको उद्‌घाटन (तस्बिरहरू)

बिहीबार, १५ साउन २०८२, १५ : ३६
बिहीबार, १५ साउन २०८२

काठमाडौँ । विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम सुरु गरिएको छ ।

दशरथ रङ्गशालामा आयोजित एक विशेष समारोहकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उक्त कार्यक्रमको औपचारिक उद्घाटन गरे ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले फुटबलजस्ता खेलकुद कार्यक्रमले बालबालिकाको शारीरिक तन्दुरुस्ती मात्र होइन, उनीहरूको सामाजिक र नैतिक विकासमा समेत सकारात्मक भूमिका खेल्ने बताए । उनले विद्यालय शिक्षामा खेलको समावेश अत्यावश्यक भएको उल्लेख गर्दै यस्तो कार्यक्रमलाई दीर्घकालीन रूपमा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को समन्वयमा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रम विश्व फुटबल महासङ्घ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित हो ।

कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकलाई तालिम, साथै फुटबललाई शिक्षणको माध्यमको रूपमा प्रयोग गरिनेछ। जीवनोपयोगी सीपहरू सिकाइनेछ ।

देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयमा कार्यान्वयन गरिने यो कार्यक्रम सबै वर्ग, जाति, लिङ्ग र भूगोलका बालबालिकालाई लक्षित गरी समावेशी र पहुँचयोग्य बनाइएको छ ।  

08-IMG_6469_copy_2560x170709-IMG_6470_copy_2560x170710-IMG_6469_copy_2560x1707_111-IMG_6483_copy_2560x170212-IMG_6504_copy_2560x170713-IMG_6518_copy_2560x170714-IMG_6525_copy_2560x170715-IMG_6568_copy_2560x170716-IMG_6569_copy_2560x170717-IMG_6574_copy_2560x170718-IMG_6588_copy_2560x1707

01-IMG_6399_copy_2560x170702-IMG_6405_copy_2560x170703-IMG_6463_copy_2560x170704-IMG_6416_copy_2560x170705-IMG_6441_copy_2560x170706-IMG_6446_copy_2560x170707-IMG_6457_copy_2560x1707

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप