शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बहुविवाहलाई छुट दिने कानुन मस्यौदाविरूद्ध बिनु यादवको आमरण अनसन सुरु, तस्बिरहरू

शुक्रबार, १६ साउन २०८२, १९ : ०२
शुक्रबार, १६ साउन २०८२

काठमाडौँ । सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन मस्यौदा तयार गरेसँगै यसको विरोध सुरु भएको छ ।

कानुन मन्त्रालयले तयार गरेको मस्यौदाको विरोधमा आजदेखि बिनु यादवले आमरण अनसन सुरु गरेकी छन् । नयाँ मस्यौदाले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागिएको हो । 

मौजुदा कानुनमा विवाह भइसकेको अवस्थामा अर्की महिलाबाट बच्चा जन्मिए दुवै पुरुष र महिला बच्चाका लागि बाबु–आमा हुने, बच्चाले पाउने सबै अधिकार पनि बाबु– आमाबाट पाउने तर उनीहरूको सम्बन्ध पति–पत्नीको हुन नसक्ने प्रावधान छ । 

बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने पनि कानुनी व्यवस्था छ ।

1-2M4A9646_copy_2560x17072-2M4A9653_copy_2560x17073-2M4A9658_copy_2560x17074-IMG_6790_copy_2560x17075-IMG_6794_copy_2560x17076-IMG_6870_copy_2560x17077-IMG_6874_copy_2560x17078-IMG_6879_copy_2560x17079-IMG_6883_copy_2560x1707

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप