पार्टी फुटाउने नेतालाई अहिले पश्चात्ताप भइरहेको छ : महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चात्ताप भइरहेको बताएका छन् । ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चात्तापमा छटपटाइरहेका बताए ।
‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनुभएको छ’, उनले भने ।
महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताए । उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । उनले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राखे ।
महासचिव पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पेसागत महासङ्घ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा.लछी सिंहसहित मकवानपुरस्थित इन्द्र सरोवर गाउँपालिका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेतलाई पार्टीमा प्रवेश गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
-
मानव अधिकार आयोगको कारबाही सिफारिस, तर सरकार गर्छ पुरस्कृत
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण