वर्षा
उदयपुर र सिराहाका खोलामा बाढीको सम्भावना, सतर्क रहन आग्रह
आइतबार, १८ साउन २०८२, ०१ : ३४
सारांश
- उदयपुर र सिराहाका विभिन्न स्थानमा पछिल्ला ३ घण्टामा भारी वर्षा भएको छ।
- जल तथा मौसम विज्ञान विभागले आगामी केही घण्टासम्म वर्षाको सम्भावना रहेको जनाएको छ।
- त्रियुगा र चहका खोला लगायतका खोलामा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौँ । पछिल्ला ३ घण्टामा उदयपुर जिल्लास्थित गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरू र सिराहा जिल्लास्थित लहान तथा सिराहा हाइड्रो वर्षामापन केन्द्रहरूमा भारी वर्षा मापन भएको छ। साथै, आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भारी वर्षाका कारण त्रियुगा खोला, चहकाखोला लगायत अन्य स-साना खोलाहरूमा बहाव बढ्ने खतरा रहेको हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण