फिल्म ‘ताराहरू’ भदौ ६ मा प्रदर्शन हुने
सारांश
- फिल्म 'ताराहरू' भदौ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ, निर्माण युनिटले पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ।
- पोस्टरमा अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने मेनुका प्रधानको चरित्रले केही भिन्नताको आभास दिन्छ।
- फिल्म मध्यम वर्गीय परिवारको कथामा आधारित छ, जसमा कुन्दुन शाक्य, मिरा खड्का लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘ताराहरू’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति जानकारी दिएको हो ।
पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्र देखाइएको छ । पोस्टरमा अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ ।
फिल्मको निर्देशन पनि अभिनेता शर्माले नै गरेका हुन् । निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः सहरको निम्न मध्यमवर्गीय परिवारको कथा फिल्ममा देखाइएको छ ।
फिल्ममा कुन्दुन शाक्य, मिरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोदबाबु, विकास खनाल लगायतको अभिनय छ । गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण