रौतहटमा १५९ मिलिमिटर वर्षा
सारांश
- पछिल्लो २४ घण्टामा रौतहटमा १५९ मिलिमिटर वर्षा भएको छ।
- नवलपरासी पूर्व र पश्चिममा समान १०३.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
- मौसमविद्का अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ र आगामी दिनमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५९ मिलिमिटर वर्षा भएको हो ।
त्यसपछि नवलपरासी पूर्व र नवलपरासी पश्चिममा समान १०३.६ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीको तिलोत्तमामा १०७.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यता अर्घाखाँचीमा पनि १०४।२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।
त्यसैगरी दाङ, चितवन, काठमाडौँ, धनुषा, सिरहा, खोटाङ, मकवानपुर, बारा, पर्सा, झापा, सिन्धुपाल्चोक, तनहुँ, पाल्पा, गुल्मी, पर्वत, कञ्चनपुर, डडेलधुरा, सिन्धुलीका केही केन्द्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा बैतडी, डोटी, लमजुङ, चितवनमा मध्यम वर्षा भएको छ भने अन्य धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
मौसमविद् रोजन लामिछानेले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताए ।
अहिले देशभर बदली छ । कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उनका अनुसार आगामी २४ घण्टामा बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
आगामी केही दिन मधेस प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण