फिल्म ‘ताराहरू’ सेन्सर पास
मङ्गलबार, २० साउन २०८२, ११ : ५०
सारांश
- अशान्त शर्माको फिल्म 'ताराहरू' भदौ ६ गते रिलिज हुने भएको छ।
- कलाकारको संघर्षको कथामा बनेको फिल्म सेन्सर पास भएको छ र युनिभर्सल सर्टिफिकेट पाएको छ।
- फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । अशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ आगामी भदौ ६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । कलाकारको सङ्घर्षको कथामा बनेको फिल्म सेन्सर पास भएको छ । सोमबार भएको फिल्मको सेन्सरमा चलचित्र सेन्सर बोडले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।
‘सेन्सरले फिल्मको कथा र मेकिङको तारिफ समेत गरेको छ’, शर्माले भने ‘सेन्सरको प्रतिक्रियाले हामी सार्वजनिक प्रदर्शनका लागि उत्साहित छौ ।’
निर्देशक शर्माकै मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय छ ।
गोपिनी सेढाइँ र कृष्णप्रसाद पङ्गेनी निर्माता रहेको फिल्म वेज प्रालिको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण