मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने
सारांश
- कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्न 'सरहे कार्यक्रम' सुरु गरेको छ।
- कार्यक्रम अन्तर्गत समवेदना पत्र सहित रु पाँच हजार आर्थिक सहयोग प्रदान गरिनेछ।
- नगरपालिकाले 'मृत्यु संस्कार व्यवस्थापन कार्यविधि-२०८२' स्वीकृत गरेको छ।
झापा । झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । “नगरपालिका नगरवासीको अभिभावक संस्था हो”, नगरप्रमुख पोखरेलले भने, “परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ ।”
दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गरे । कार्यक्रमअन्तर्गत समवेदनपत्रसहित नगद रु पाँच हजार आर्थिक सहयोग प्रदान गरिने उनले जानकारी दिए ।
नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ स्वीकृत गरेको थियो ।
त्यसैगरी नगरपालिकाले निर्माण गर्न लागेको कृषि विकास तथा प्रवद्र्धन अनुदानसम्बन्धी कानुनको मस्यौदा–२०८२, कृषि र पशुपंक्षी तथा मत्स्य विकासका कार्यक्रम सञ्चालनसम्बन्धी कानुनको मस्यौदा–२०८२, कृषि अनुदानसम्बन्धी कानुनको मस्यौदा–२०८२, सुरक्षित आप्रवासन आपतकालीन कोष व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदा–२०८२ र सुरक्षित आप्रवासन एवं जीविकोपार्जन उत्थानसम्बन्धी कानुनको मस्यौदा–२०८२ लाई छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण