स्यालले टोकेर तीन जना घाइते
सोमबार, २६ साउन २०८२, १४ : ४४
सारांश
- दार्चुलामा स्यालले टोक्दा तीनजना घाइते भएका छन्।
- घाइतेहरुलाई प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
- घाइते हुनेमा ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी रहेका छन्।
दार्चुला । दार्चुलामा स्यालले टोक्दा तीनजना घाइते भएका छन् । स्यालले टोक्दा व्याँस गाउँपालिका–६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् ।
घाइतेको व्याँस–६ खातीगाउँस्थित ग्रामिण स्वास्थ एकाइ केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खलङ्गा ल्याइएको थियो ।
जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीनै जनालाई उपचारका लागि धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए । आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरुलाई टोकेको स्थानीय केशरसिंह खातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण