बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

शुक्रबार, ३० साउन २०८२, ०९ : १६
शुक्रबार, ३० साउन २०८२

सारांश

  • सडक डिभिजन कार्यालयले बागलुङ-बेनी सडक मर्मत गरेको छ, जसको लागत ३ करोड २१ लाख रहेको छ।
  • सडकमा पहिरो पन्छाउने, ढलान, ग्राभेल र कालोपत्रे गर्ने लगायतका कामहरू भएका छन् ।
  • इन्जिनियर विष्णुप्रसाद लामिछानेका अनुसार सडकमा नाला, ग्याबियन जाली र पर्खाल निर्माण गरिएको छ।

म्याग्दी । सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामो बागलुङ–बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । 

मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । 

उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप