हामी भारतको साथमा छौँ : चीन
सारांश
- चीनले भारतबाट आयातित सामानमा अमेरिकाले लगाएको अतिरिक्त महसुलको विरोध गरेको छ।
- चीनले भारत र चीन एसियाको विकासको इन्जिन भएको र दुई देशको मित्रता विश्वका लागि लाभदायक हुने बताएको छ।
- चिनियाँ राजदूतले भारत र चीनबीचको सहयोग विश्वव्यापी स्थिरताका लागि महत्त्वपूर्ण हुने बताए।
बेइजिङ । भारतबाट आयातित सामानमा अमेरिकी भन्सारमा अतिरिक्त महसुल (ट्यारिफ) लगाइएको कुराको चीनले विरोध गरेको छ । अमेरिकाले लामो समयदेखि स्वतन्त्र व्यापारबाट फाइदा लिइरहेको भारतका लागि चीनका राजदूत शु फेइहोङले भने । तर अब धेरै देशहरूमाथि दबाब सृजना उसले अतिरिक्त भन्सार महसुलको प्रयोग गरिरहेको पनि उनले बताए ।
बिहीबार, थिंक ट्याङ्क रिसर्च फाउन्डेसन र सेन्टर फर ग्लोबल इन्डिया इनसाइट्सको एक कार्यक्रममा शु फेइहोङले भने, ‘अमेरिकाले भारतमा ५० प्रतिशतसम्म कर लगाएको छ र यसलाई अझ बढाउने धम्की दिएको छ । चीनले यसको कडा विरोध गर्दछ । यस्ता कदमहरूको सामना गर्दा मौन बस्नुले धम्कीलाई बढावा दिन्छ ।’
चीन भारतको साथ दृढतापूर्वक उभिने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्ने पनि उनले बताए । शु फेइहोङले भने, ‘भारत र चीन एसियाको विकासको दोहोरो इन्जिन हुन् । दुई देशको मित्रता एशियाको लागि मात्र नभई सम्पूर्ण विश्वको लागि लाभदायक हुनेछ ।’
विश्वव्यापी स्थिरता कायम राख्न भारत र चीन बिचको सहयोग धेरै महत्त्वपूर्ण भएको पनि उनले बताए । उनले भने, ‘समान र व्यवस्थित बहु ध्रुवीय संसारलाई अगाडि बढाउन नेतृत्व लिने जिम्मेवारी दुवै देशको हो ।’
उनले दुवै देशलाई रणनीतिक विश्वास बढाउन र अविश्वासबाट बच्न पनि अपिल गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेकै समयमा यो अभिव्यक्ति आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण