५ बुँदे मागसहित कवाड व्यवसायीद्वारा आन्दोलन घोषणा, बालेनलाई चेतावनी
सारांश
- कवाड व्यवसायी समाज नेपालले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेको छ, जसले महानगरको व्यवहारको विरोध गरेको छ।
- उनीहरूले व्यवसायीहरूमाथि कुटपिट र ज्यादती रोक्न, क्षतिपूर्ति दिन र सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
- कवाड व्यवसायीहरूले मेयर बालेन शाह र प्रहरी प्रमुख राजु पाण्डेलाई चेतावनी दिँदै आन्दोलन जारी राख्ने बताएका छन्।
काठमाडौँ । कवाड व्यवसायी समाज नेपाल विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
त्यसैगरी कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौँ महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए । ‘अब हामी पछाडि हट्ने छैनौँ । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौँ । कि गर्छौँ, कि मर्छौँ भनेर अब हामी लागिपरेका छौँ । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ,’ उनले भने ।
कवाड आन्दोलन सङ्घर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरूलाई हटाउन काठमाडौँ महानगरका मेयर बालेन साहले दुराशय साँधेको आरोप लगाए । उनले आफूहरू संवैधानिक अधिकार र सरकारको कानुनभित्र बसेर कर तिरिरहेको बताए ।
उनले काठमाडौँका मेयर बालेन शाहले आफूहरूको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई त्यसै नछाड्ने चेतावनी दिए ।
‘हामीले काठमाडौँको मेयरलाई सम्मान दिएको हो । सम्मान दिँदा–दिँदा हामी नै सकिन लाग्यौँ । हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो । तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौँ । महानगरमा छिरेर तल रोडमा घिसार्ने छौँ,’ उनले भने, ‘हामी सकिन लागेका छौँ । तिमीलाई पनि सकाउँछौँ । कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौँ ।’
कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण