फोटो फिचर
राष्ट्रिय झण्डासहित बालेनविरूद्ध आन्दोलनमा कवाड व्यवसायी, तस्बिरहरू
मङ्गलबार, १० भदौ २०८२, १४ : ३४
काठमाडौँ । कवाड व्यवसायी सङ्घर्ष समिति नेपाल मङ्गलबार पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध आन्दोलनमा उत्रिएको छ ।
कवाड व्यवसायीहरुले आज पनि महानगरपालिका कार्यालय घेराउ गरेको छ। भृकुटीमण्डपमा भेला भई जुलुससहित कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालयतर्फ अघि बढेका व्यवसायी तथा मजदुरहरूले विगत दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि भइरहेको अन्यायपूर्ण व्यवहारको विरोध जनाएका छन् ।
उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।
मजदुरहरू ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, जस्ता नारा लगाउँदै विरोध प्रदर्शनमा सहभागी भए।
कवाड व्यवसायीहरुले साेमबार पनि महानगरपालिका घेराउ गरेका थिए ।










_1_BbiYggrQPB.jpg)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण