बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

नगद ४१ हजारसहित सुर्खेतबाट ४ जना जुवाडे पक्राउ

बिहीबार, १२ भदौ २०८२, १७ : ४७
बिहीबार, १२ भदौ २०८२

‎सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले उनीहरूको साथबाट नगद ४१ हजार ५ सय २५ रुपैयाँ र १२ बुक ताससमेत बरामद गरेको छ ।बिहीबार दिउँसो २ बजेको समयमा सोही ठाउँका एन बहादुर शाहीले सञ्चालन गरेको महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।  

‎नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको ७ जनाको टोलीले होटलको ३०५ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

‎पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर–७ बस्ने २४ वर्षीय हुकुम शाही, सोही ठाउँ बस्ने ३० वर्षीय हेमन थापा, वडा– ९ बस्ने ३४ वर्षीय हेमराज थापा र ३६ वर्षीय सुरेश केसी रहेका छन् ।

‎पक्राउ परेका जुवाडेहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।प्रहरीले जुवाजन्य गतिविधि नियन्त्रण गर्न सक्रियताका साथ लागिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप