आइपुग्यो नेपाल वायुसेवाको ‘अन्नपूर्ण’ (हेर्नुहोस् १४ तस्विर)
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२/१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको निगमले जनाएको छ ।
निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइनेछ । २०७४ साल वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरीदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।
निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । कूल २७४ सिट क्षमताको वाइड बडी अन्नपूर्णको १८ वटा सांग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, प्रवक्ता रवीन्द्र श्रेष्ठसहित चालकदलका (नौ जना) सदस्य गरी १९ जना यात्रु बोकेर काठमाडौँ उत्रिएको वाइड बडीको विमानस्थलमा भव्य रुपमा स्वागत गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन मन्त्रालय र प्राधिकरणका उच्च अधिकारी तथा निगमका कर्मचारीको उपस्थिति थियो । विमानस्थलमा कूटनीतिक नियोगका प्रतिनिधि पनि सहभागी थिए ।
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण