भदौ २१ देखि आन्दोलनमा जाने शिक्षकहरुको चेतावनी
काठमाडौँ । शिक्षकहरुले आईतवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।
नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले यसअघि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कार्यालय धर्ना दिएका थिए । धर्नामा पुगेका उनीहरुले आफूहरुको माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरेका छन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको मागको राजनीतिक दलहरुले सुनुवाई नगरे दोस्रो चरणको आन्दोलन शुरु हुने भन्दै त्यसका लागि तयार रहन पनि सम्पूर्ण शिक्षक, कर्मचारीलाई आह्वान गरे ।
उनले भने, ‘देशभरीका शिक्षक कर्मचारी साथीहरु दोस्रो चरणको आन्दोलनको तयारीमा छौं । हाम्रा माग, मुद्दाहरु सुनुवाई भएन भने, ऐनले बोकेर आएको भने आमी अत्यन्तै कडा २०८१/८२ को भन्दा पनि कडा आन्दोलन गर्छौं । त्यसका लागि तम्तयार रहन म शिक्षक, कर्मचारी साथीहरुलाई हार्दिक आग्रह गर्दछु ।’
महासंघले विद्यालय शिक्षा विधेयकमा आफूहरुको मुख्य माग सम्बोधन नभएको उल्लेख गर्दै त्यसलाई समावेश गर्न राजनीतिक दलहरुलाई दवाव दिन मुख्यालय धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण