कर्णाली राजमार्गको अवरोध हटाउन सेना परिचालन, १३ करोडको स्याउ बाटोमा रोकियो
सारांश
- कर्णाली राजमार्गको कालीकोट खण्डको गगनेखोला नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ।
- नेपाली सेनाले विस्फोटकमार्फत ढुङ्गा फुटाएर सडक खुलाउने प्रयास गरिरहेको छ।
- सडक अवरुद्ध हुँदा स्याउ लगायतका सामग्री ढुवानीमा समस्या भएको छ, र प्रदेश सरकारले चासो दिएको छ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको गगनेखोला नजिक पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि निरन्तर प्रयत्न भइरहेको बताएका छन्।
सडकमा खसेका ठुला ढुङ्गा पन्छाउन नेपाली सेनाको टोलीले बम विस्फोटकमार्फत ढुङ्गा फुटाउने काम सुरु गरेको उनको भनाइ छ।
मुख्यमन्त्री कँडेलका अनुसार, हिजोदेखि नै सेनाले ढुङ्गा फुटाएर अवरोध हटाउने कार्य गरिरहेको छ।
अलपत्र परेका यात्रुको सहज यातायात तथा स्याउलगायतका सामग्री ढुवानीमा भइरहेको कठिनाइप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए।
सडक छिटो सञ्चालनमा ल्याउनका लागि आवश्यक सहयोग र सहजीकरणका लागि आफू कालीकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र नेपाली सेनासहितका सुरक्षा निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि उनको भनाइ छ।
सडक अवरुद्ध हुँदा करिब १३ करोड बराबरको १८४ मेट्रिक टन स्याउ बाटोमा रोकिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा नक्कली लाइसेन्सको भरमा १७ वर्ष विमान उडाउने पूर्वपाइलट पक्राउ
-
अमेरिकी आक्रमणको बदला लिन इरानद्वारा २१ वटाभन्दा बढी सैन्य लक्ष्यमा निशाना
-
राष्ट्रव्यापी प्रदर्शन रोक्न सेना परिचालन गर्दै बोलिभिया
-
दाङमा ट्याक्टर र कार ठोक्किँदा ५ जना घाइते
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन
-
भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री वाग्लेको स्पष्टीकरण: ‘चियाको कपमा तुफान ल्याउन खोजियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण